नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल

गोरखा | बैशाख ८, २०८२

नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल

गाेरखा:  नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । सातौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

 

उपाध्यक्षमा विकास मरहट्टा, सचिवमा सुजन न्यौपाने, कोषाध्यक्षमा गुणबहादुर रोका, सहसचिवमा मोहसिन अलिमियाँ र दानबहादुर गुरुङ चयन भए ।

 

सदस्यहरुमा आदिवासी जनजातितर्फ बिबर गुरुङ, समावेशीमा संगीता चेपाङ चयन भए ।

 

खुला सदस्यहरुमा राजेश पौडेल, विमल श्रेष्ठ, मेलिना बराम र सुदीप श्रेष्ठ चयन भएका निर्वाचन समिति संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।

 

सदस्यता विवादका कारण देशभर निर्वाचन भएपनि गोरखामा स्थगीत भएको थियो ।

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिंग सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।   एक निर्देशनामार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ ।   वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने...

थप पढ्नुहोस्